कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल

डिसी नेपाल
१ मंसिर २०८० १५:१८
44
Shares

काठमाडौं। नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कँडेललाई दिएको छ।

सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरी जिम्मेवारी दिएका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरेका हुन्।

कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरि सक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोकेका हुन । कँडेल कांग्रेस केन्द्रिय सदस्य हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *