अब इजरायलले दक्षिणी गाजामा पनि आक्रामण गर्ने, खाली गर्नका लागि पर्चा फालियो

डिसी नेपाल
१ मंसिर २०८० १६:३२

तेलअहिब । इजरायल सरकारका क्याबिनेट सदस्यहरूले दक्षिण गाजामा भूमिमा युद्धका लागि समर्थन जनाएका छन । इजरायलको युद्ध मन्त्रिपरिषद्का दुई सदस्य र यसका एकजना पर्यवेक्षकले दक्षिणी गाजामा सेनाको भूमि आक्रमणको विस्तारलाई समर्थन गरेका हुन् ।

स्रोतका अनुसार रक्षा मन्त्री योभ गालान्ट, मन्त्री बेन्नी गान्ट्ज र इजरायली सेनाका पूर्व चिफ अफ स्टाफ गाडी आइसेनकोटले  बन्दीहरूलाई रिहा गर्ने सम्झौतामा जारी वार्तालाई ध्यान नदिई सैन्य कारवाही अगाडि बढाउनु पर्नेमा जोड दिएका हुन् ।

हालसम्म इजरायली सेना र प्यालेस्टिनी लडाकुहरू बीचको लडाई सहरको उत्तरमा मात्रै केन्द्रित छ । जसले लाखौं प्यालेस्टाइनीहरूलाई दक्षिणतिर भाग्न बाध्य पारेको छ। तर बिहीबार, इजरायली सेनाले दक्षिणी गाजाको खान युनिसका केही क्षेत्रहरूमा पर्चाहरू खसालेका छन र त्यहाँका बासिन्दाहरूलाई सो क्षेत्र पनि खाली गर्न आदेश दिएका थिए ।

इजरायलले दक्षिणी क्षेत्रहरूमा आफ्नो बमबारी जारी राख्दा त्यहाँका बासिन्दाहरूलाई कहाँ भाग्ने अपेक्षा गरिएको थियो भन्ने स्पष्ट थिएन, जहाँ प्यालेस्टिनीलाई पहिले उनीहरूको सुरक्षाको लागि स्थानान्तरण गर्न आदेश दिइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *