हमासबाट बन्धक छुटाउन वार्ता गरिरहेका मध्यस्थकर्ता एक हप्तामा सम्झौता हुनेमा आशावादी

डिसी नेपाल
२ मंसिर २०८० ९:५१

काठमाडौं । हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि बन्धक बनाइएकाहरूलाई मुक्त गर्न वार्तामा संलग्न एक शीर्ष वार्ताकारले एसोसिएटेड प्रेसलाई एक हप्ता भित्रमा सम्झौतालाई अन्तिम रूप दिने अपेक्षा गरिएको बताएका छन् ।

लेबनानका पूर्व गुप्तचर प्रमुख अब्बास इब्राहिमले इजरायलले थप लचिलो दृष्टिकोण अपनाएमा यो सम्झौता हुने बताए ।

छलफल अनुसारको सहमति भएमा गाजामा बन्धक बनाएका करिब २४० जनाको रिहाईको बदलामा इजरायली जेलमा रहेका केही बालबालिका र महिलालाई रिहा गर्नुपर्ने अपेक्षा गरिएको छ ।

इब्राहिमले भने – हमासको सर्त अनुसार उनीहरू कम्तिमा “गाजाको दक्षिण र उत्तर बीचमा मानिसहरूको स्वतन्त्र आवतजावत चाहन्छन्। यो एउटा मुद्दा हो जहाँ दुई पक्षबीच असहमति छ।”

उनी भन्छन्, “तर मेरो विचारमा चीजहरू सकारात्मक हुनेछन्। बन्धकहरूको आदानप्रदान हुनेछ।”

इब्राहिम ६ साताअघि युद्ध सुरु भएदेखि नै नागरिकको सुरक्षा र मानवीय सहायताका लागि सम्झौताको वार्तामा संलग्न छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *