जिम्बाब्वेमा हैजाको प्रकोपका कारण संकटकाल घोषणा

डिसी नेपाल
२ मंसिर २०८० ९:५२
48
Shares

काठमाडौं । हैजा फैलिएपछि जिम्बाब्वेको राजधानी हरारेमा संकटकाल घोषणा गरिएको छ ।

हैजाका कारण अहिलेसम्म दर्जनौं मानिसको मृत्यु भइसकेको छ भने करिब ७ हजार शङ्कास्पद विरामीहरू छन् ।

हरारेको प्रशासनले शहरभर हैजा तीव्र गतिमा फैलिरहेको बताएको छ। यसले सन् २००८ को हैजाका कारण हजारौं मानिसको ज्यान गएको सम्झना ताजा गरेको छ ।

“हामीले हैजाका कारण आपतकालीन अवस्थाको घोषणा गरेका छौं,” स्थानीय मिडियाले मेयर आयन म्याकोनलाई उद्धृत गर्दै भनेको छ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) का अनुसार हैजाको प्रकोपपछि अस्पतालहरूमा बिरामीको बढ्दो संख्यालाई नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरू संघर्ष गरिरहेका छन्।

आईएफआरसीले पनि यति धेरै केस ह्यान्डल गर्न स्वास्थ्यकर्मीको अभाव रहेको बताएको छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा हैजा सर्न रोक्ने उपायको पनि अभाव छ ।

जिम्बाब्वे हालका महिनाहरूमा सफा पानीको अभावका कारण घातक हैजासँग लडिरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *