नेतान्याहुले स्वीकार गरे – इजरायलले नागरिकको मृत्यु घटाउन असफल भयो

डिसी नेपाल
२ मंसिर २०८० ९:५३

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बीबीसीको अमेरिकी सम्बद्ध च्यानल सीबीएससँगको अन्तर्वार्तामा इजरायली सेना गाजामा जारी युद्धमा सर्वसाधारणको ज्यान जानेको क्षतिलाई कम गर्न असफल भएको बताएका छन्। यद्यपि उनले यसका लागि हमासलाई जिम्मेवार भनेका छन् ।

नेतन्याहुले इजरायली सेनाले गाजाका आम जनतालाई हुने क्षति न्यूनीकरण गर्ने प्रयास गरिरहेको तर सफल नभएको बताए ।

इजरायली प्रधानमन्त्रीले आफ्नो सेनाले हमासलाई जरैदेखि उखेल्ने काम गरिरहेको बताए पनि यो समूहले सर्वसाधारणलाई ‘मानव ढाल’को रूपमा प्रयोग गरिरहेको बताए ।

उनले भने, “अझै एउटा कुरा म भन्न सक्छु कि हाम्रो प्रयास न्यूनतम संख्यामा मर्ने सुनिश्चित गर्ने हो। हामीले यही गर्न खोजिरहेका छौं। तर दुर्भाग्यवश हामी सफल भएनौं।”

नेतन्याहुले अक्टोबर ७ मा इजरायलमा भएको हमलापछि हमासले बन्धक बनाएका मानिसहरूप्रति पनि प्रतिक्रिया व्यक्त गरे।

नेतान्याहुले भने कि उनीहरूसँग बलियो सङ्केतहरू छन् कि यी बन्धकहरूलाई अल-शिफा अस्पतालमा राखिएको छ र इजरायली सेनाहरू यस अस्पतालमा प्रवेश गर्नुको प्रमुख कारण हो।

यद्यपि नेतन्याहुले यो पनि भने कि जब उनका सेनाहरू बुधबार अस्पतालमा प्रवेश गरे, त्यहाँ कुनै बन्धक थिएनन्। “उनीहरू थिए भने, उनीहरूलाई बाहिर निकालिने थियो,” उनले दाबी गरे।

उनले बन्धकमा परेकाहरुको बारेमा जानकारी प्राप्त भइसकेको तर अहिले जति कम भनियो उति राम्रो हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *