महिला टी-२० सिरिज : नेपाली टिमले जापानलाई हरायो

डिसी नेपाल
२ मंसिर २०८० ११:१६

काठमाडौं। नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ।

नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुदै ४६ रन मात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो।

यसअघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै ११३ रन बनाएको थियो । जापानलाई कम रनमा समेट्न नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् ।

सिरिजमा दुई खेलमा हार र एक खेलमा जितसहित नेपाल र तीन खेलमा हार बेहोरेको जापान फाइनलको दौडबाट बाहिरिइसकेका छन्। नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो।

आजै आयोजक हङकङ र तान्जानियाबीच पनि खेल हुदै छ । दुवै फाइनलमा पुगिसकेकाले आजका खेलको नतिजाले कुनै असर भने गर्ने छैन ।

अब आइतबार तेस्रो स्थानका लागि नेपाल र जापानबीच हुने छ भने फाइनल खेल पनि आइतबार हङकङ र तान्जानियाबीच हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *