गाजाको अल-शिफा अस्पतालबाट सयौं मानिस दौडिरहेको देखियो, अस्पतालको गेटमा सामूहिक चिहान

डिसी नेपाल
३ मंसिर २०८० १४:२४
356
Shares

काठमाडौं । गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाबाट सयौं मानिसहरू भागेको देखिएको छ।

शनिबार यहाँका मेडिकल स्टाफले उनीहरूलाई अस्पताल छोड्न भनिएको बताए पनि इजरायलले यसलाई अस्वीकार गरेको छ।

गाजामा शनिबार हजारौं मानिस ढुङ्गा र भग्नावशेषले भरिएको सडकमा हिँडिरहेको देखिएका छन् । यी मानिसहरू बन्दुकको फायरिङको बीचमा हिँडिरहेका थिए।

यसैबीच, हमासको स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाको जबलियामा दुईवटा विष्फोट हुँदा ८० जनाको मृत्यु भएको जनाएको छ। इजरायलले बीबीसीलाई आफ्नो सेनाले संयुक्त राष्ट्रको आश्रय गृहमा आक्रमण गरेको हो वा होइन भन्ने पुष्टि गर्न सकेको छैन।

संयुक्त राष्ट्र संघको राहत एजेन्सीले विद्यालयलाई आश्रय गृहमा परिणत गरेको थियो। विश्व स्वास्थ्य संगठनको नेतृत्वमा संयुक्त राष्ट्र संघको टोलीले अल-शिफा अस्पताललाई ‘डेथ जोन’ घोषणा गरेको छ।

टोलीले एक घण्टा अस्पतालको निरीक्षण गरेपछि त्यहाँ बम विष्फोट र गोली चलेको निशान देखेको जनाएको छ । उनीहरूले अस्पतालको गेटमा नै सामूहिक चिहान फेला पारे ।

त्यहाँका मानिसहरूले त्यसमा ८० जना पुरिएको बताएका छन् । यसैबीच, इजरायली सेनाको चेतावनी पछि ३०० गम्भीर बिरामीहरू अझै अस्पतालमा छन्।

डब्लुएचओले त्यहाँ फसेका मेडिकल स्टाफ र बिरामीहरूलाई तत्काल बाहिर निकाल्ने प्रयास गरिरहेको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *