‘आयातित’ गणतन्त्र धरापमा
फाइल फाेटाे
काठमाडौं। यो मुलुक बिगार्न कसैको ठूलो हात छ भने त्यो नेपाली कांग्रेसकै होे। किनकि कांग्रेसले जहिले पनि मुलुकको राजनीतिक परिवर्तनको ठेक्का लिने गर्दछ। त्यसलाई साथ दिने अर्को पार्टी हो एमाले। एमालेले आफू सदावहार रुचाउने कांग्रेस भन्दा एक कदम अगाडि भएको दाबी गर्छ।
अनि अझै बढी क्रान्तिकारी ठान्न १७ हजारको ज्यान दिएर पनि भोग दिन नपुगेजस्तो गर्दै माओवादी केन्द्र अर्को नेपाली राजनीतिको दुर्भाग्य हो। यी तीन दलले बाँडिचुँडी सरकारमा रहेर देश लुट्ने ठेक्का लिएका छन्।
२०७२ सालको संविधान जारी गरेपछि यिनै तीन दलका प्रमुखहरु मात्रै बाँडिचुँडी सरकारमा बसेका छन्। देशलाई अधोगतिमा धकेल्ने कोही छन् भने यी तीन दल र तिनीहरुका प्रमुख नै हुन्। यिनै तीन दलको यतिबेला सातो गएको छ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त गणतन्त्र खतरामा परेको र ठूलो षड्यन्त्र भइरहेको बताउँदै हिँडेका छन्। एमालेले त मंसिर ७ मै कार्यक्रम गरेर आफ्ना उग्र नेता महेश बस्नेतका कर्तुतहरु लुकाउन खोज्दैछ।
खासमा मंसिर ७ मा काठमाडौँमा संवैधानिक राजसंस्था र हिन्दू राज्यको पक्षमा विशाल प्रदर्शन हुँदैछ। त्यही प्रदर्शनको सन्देशसहित पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने कार्यक्रम रहेको छ।
यो कार्यक्रम भब्य हुने दाबी गरिएको छ। अनि यसैलाई लिएर एक महिनादेखि नै प्रचण्डले गणतन्त्र खतरामा परेको अभिव्यक्ति दिइरहेका छन्। प्रचण्डले १७ हजारको ज्यान लिएर आफू र आसेपासेलाई देश चुस्न सक्रिय पारे। तर गणतन्त्र संस्थागत गर्न केही गरेनन् ।
१७ वर्षदेखिको शान्ति प्रक्रियालाई थाङ्नामा सुताएर उनले हालीमुहाली गरिरहेका छन्। देशलाई कंगाल पारिरहेका छन्। राजसंस्था फालेर प्रचण्डसहितका तीन दलका नेता अनि भुरे नेताहरु राजा बनिरहेका छन् बिना संस्कारका।
त्यसैले पनि मंसिर ७ को सानो आगोका झिल्कोदेखि डराइरहेका छन्। हुनत राजवादीहरु पनि मिलेको अवस्था छैन। दुर्गा प्रसाई एक खाले नीति लिएर बुरुक्क उफ्रिएका छन् भने राप्रपालाई उनले गनिरहेका छैनन्। राजावादीहरु एक हुने हो भने कांगेस, एमाले र माओवादी एकै भुङ्ग्रोमा हुने आँकलन भइरहेको जनभावना साप्ताहिकमा समाचार छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment