फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक
काठमाडौं। आगामी मंसिर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ।
सार्वजनिक गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगाना फिचर्ड छन्। ओएसआर डिजिटलबाट सार्वजनिक गीतका कोरियोग्राफर रामजी लामिछाने हुन्।रोमान्टिक भावको गीतमा कलाकारहरु दिल खोलेर नाँचेका छन्।
उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ।
अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सनविक्रम राईले पनि विशेष भुमिका निर्वाह गरेका छन्। मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो।
दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment