कविता : साथी म पनि हिँडे खाडी मुलुक
सानो कुम्लोकुटुरो बोकेर
ट्याक्कटुक्क अंग्रेजी घोकेर
एयरपोर्ट तिर लुसुक लुसुक
साथी म पनि हिँडे खाडीमुलुक
टुङ्गो छैन कहिले आउँछु
फेरि आफ्नो गाउँमा
जाँदैछु जीवनको मूल्य
तोकिने त्यस्तो ठाउँमा
काम छैन माम छैन
गाह्रो भो परिवार पाल्न
काखकी छोरी प्यारी छोडी
आँसु पुछ्दै पर्याे विदेशिन
सम्झँदै रूँदै घर खेतबारी
मनमा दुख्छ विरह
मरूभूमीको तातोमा दिनरात
हामी भयौँ पशु सरह
बन्धक बने दिदी बहिनी
शारीरिक र मानसिक यातना
आफ्नै देशमा बस्न पाइएन
कल्ले छिन्यो हाम्रो सपना
आफ्नै देशमा कहिले पो
काम गरी खान पाइएला
सानी छोरी र प्यारीको
मायामा सँगै रमाइएला
No ads found for this position
प्रतिक्रिया


Facebook Comment