अर्थतन्त्रमा समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भयो : प्रधानमन्त्री

डिसी नेपाल
५ मंसिर २०८० १९:१५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशाको विषयमा राजनीतिक क्षेत्र, निजि क्षेत्र, विज्ञ लगाएत सरोकारवालासंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले सहकारी, लघुवित्त, बैङ्क ब्याज, व्यवसायीको कर्जा सम्बन्धीका समस्यालाई देखाउदै राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका हुन् ।

उनले अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेकाले बाहिरको भ्रम चिर्न सरोकारवाला सबै एकठाउँमा छन् भन्ने सन्देश दिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले एक वर्षको अवधिमा अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक देखिएपनि अर्थतन्त्र पूर्ण रुपमा दबाबमुक्त हुन नसेकेको धारणा राखे । नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र आगामी दिनका अघि बढ्न सरकारले योजना बनाउन खोजेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्रको अवस्थामा मिलेर सामना नगरे सङ्कट थप गहिरिँदै जान सक्ने जिकिर गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *