पूर्वमन्त्री एकनाथ ढकाल र कम्बोडियाका नवनिर्वाचित प्रधानमन्त्रीबीच भेटवार्ता

डिसी नेपाल
६ मंसिर २०८० ११:०८
164
Shares

काठमाडाैं। नेपाल परिवार दलका अध्यक्षा एवं पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र कम्बोडियाका नवनिर्वाचित प्रधानमन्त्री हुन मानेटसँग भेट गरी बधाई दिएका छन्।

तीन दिने मैत्रीपूर्ण भ्रमणको शिलशिलामा कम्बोडियामा रहेका ढकालले मंगलबार नवनिर्वाचित प्रधानमन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा भेटेर सफल कार्यकालको कामना गर्दै क्षेत्रीय शान्ति र बिकासबारे छलफल गरेका छन्।

अर्थशास्त्रमा विद्यावारिधी हासिल गरेका प्रधानमन्त्री हुन मानेटले संयुक्त राज्य अमेरिकाको सैन्य एकाडेमी वेस्ट पोइन्टबाट स्नातक गरेका हुन्। केही महिना अघि सम्पन्न निर्वाचनमा कम्बोडियन पिपुल्स पार्टीले अत्यधिक बहुमतसहित बिजय हासिल गरे पश्चात पूर्वप्रधानमन्त्री हुन सेनको राजीनामा पछि हुन मानेट प्रधानमन्त्रीमा चएन भएका हुन्।

उनको मन्त्रिपरिषदमा युवाहरुको धेरै सहभागिता गरिएको छ। ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *