नयाँ कार्यकक्षमा सरे प्रधानमन्त्री (तस्वीरसहित)

डिसी नेपाल
६ मंसिर २०८० १४:५३
712
Shares

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवलीकरण गरी पुनःनिर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री कार्यकक्षबाट काम गर्न सुरु गरेका छन्।

विसं २०७२ को भूकम्पले क्षति पुगेको उक्त भवनको पुनःनिर्माण सम्पन्न भएपछि बुधबार प्रधानमन्त्री दाहालले सोही भवनबाट काम गर्न सुरु गरेका हुन्।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको पछिल्लो भागबाट अघिल्लो भागमा सरेको र कामको प्रकृति पनि नयाँ ढंगले अघि बढ्ने संकल्प गरे। १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिपछि रेट्रोफिटिङ पुरा भएको उनले बताए।

उनले पुननिर्माणमा सहयोग गर्ने सवैलाई धन्यवाद दिदै नयाँ शुभारम्भले नयाँ गति पक्रने र एकतावद्ध हुन मद्दत पुग्ने दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *