सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, प्रसाईंको आन्दोलनका विषयमा छलफल

डिसी नेपाल
७ मंसिर २०८० १०:३५
1.0k
Shares

काठमाडौं। नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको छुट्टाछुट्टै ठाउँमा प्रदर्शनको तयारी गरिरहँदा मन्त्रीपरिषद बैठक बसिरहेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रसाईं समूह र युवा संघले घोषणा गरेको आन्दोलनका विषयमा छलफल भइरहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै पक्षको आन्दोलनका विषयमा सुरक्षा निकायका प्रमुखसँग भएको छलफलका विषयमा बिफ्रिङ गरेका छन्।

उनले आन्दोलनमा अप्रिय घटना हुन नदिन सरकारले सुरक्षा व्यवस्थालाई मजबुद पारेको जनाएका छन्।

व्यवस्थालाई उल्ट्याउने भन्दै दुर्गा प्रसाईं समूहले राजधानीमा प्रदर्शन गर्दैछ। प्रसाईंलाई काउन्टर दिने गरी नेकपा एमालेको भातृ संगठन युवासंघले पनि आज राजधानीमा प्रदर्शन गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *