बल्खुमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन (तस्वीरसहित)
काठमाडौं। नेकपा एमालेको राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईं समूहबीच बल्खुमा झडप भएको छ।
प्रसाईंका समर्थकहरुका लागि तोकिएको स्थलमा युवा संघका कार्यकर्ताहरु पुगेपछि झडपको अवस्था बनेको हो।

झडपमा दुवै पक्षले ढुंगा हानाहान गरेका थिए। राष्ट्रिय युवा संघ नेपालले सरकारको काम कारबाहीमाथि प्रश्न उठाउँदै प्रदर्शन गर्ने भएको हो भने प्रसाईं नेतृत्वका प्रर्दशनकारीहरुले व्यवस्थानै उल्ट्याउने भन्दै प्रदर्शन थालेका हुन्।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ। त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ।




















No ads found for this position
प्रतिक्रिया


Facebook Comment