दुर्गा प्रसाईं समर्थक आन्दोलनकारी धमाधम पक्राउ

डिसी नेपाल
८ मंसिर २०८० ११:०२
672
Shares

काठमाडौं। मेडिकल ब्यावसायी दुर्गा प्रसाइको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन्।

आज ११ बजेदेखि तीनकुने, काठमाडौंमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरुलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पुर्‍याउने उदेश्यले आन्दोलन गर्न लागेको सूचनाका आधारमा आज बिहानसम्म ५ जनालाई पक्राउ गरिएको हो। उनीहरुलाई काठमाडौंको बिभिन्न ठाउँवाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का  र शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायत ५ जना पुगिसकेका छन्।

उता, जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले तीनकुनेमा प्रसाइ समूहलाइ आन्दोलन गर्ने अनुमति नदिएकाे जनाएकाे छ। जहाँ उनीहरूले आन्दोलन गर्ने घाेषणा गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *