आवश्यक परे सिट्ठी बजाएकै भरमा हजारौं मान्छेलाई सडकमा उतार्छौं : महेश बस्नेत

डिसी नेपाल
८ मंसिर २०८० १६:२२
116
Shares

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आवश्यक परे मुलुकको रक्षाका लागि हजारौं मान्छेलाई सडकमा उतार्ने बताएका छन् ।

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बस्नेतले बिहीबार युवासंघले राजधानी केन्द्रीत कार्यक्रम मात्रै गरेको भन्दै आवश्यक परे मुलुकको रक्षाका लागि सिट्ठी बजाएकै भरमा हजारौं मान्छेलाई सडकमा उतार्ने बताएका हुन् ।

उनले अब रचनात्मक काम गर्ने गरि तयारी भइरहेको जानकारी दिए । नेता बस्नेतले एमालेमाथि सोसल मिडियाबाट प्रहार भइरहेकाले साइबर सर्कललाई व्यवस्थित गर्नुपर्ने बेला आएको जिकिर गरे । उनले एमालेविरुद्ध निरन्तर प्रहार भइरहेको अवस्थामा युथ फोर्सलाई जगाउनुपर्ने आवश्यकता देखिएको धारणा राखे । बस्नेतले पार्टी प्यालेशबाट महिलालाई निकालेको घटनामा एमालेलाई जोडेर गलत ढंगले व्याख्या गरिएको तर्क गरे ।

उनले गलत बाटोमा मुलुक जान खोजेको अवस्थामा सहि ढंगले मुलुकलाई अघि बढाउन युवा संघभित्रको एकता र शुद्धिकरणलाई मजबुद बनाउनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *