दुर्गा प्रसाईंका समर्थकमाथि भएको धरपकडप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति

डिसी नेपाल
८ मंसिर २०८० १६:३९
640
Shares

काठमाडौं। मेडिकल ब्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागी माथी भएको प्रहरी धरपकडको बिरोध भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज भईरहेका प्रहरी धरपकड प्रति आपत्ति जनाएका छन ।

‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन,’ अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन, सरकारले आफुलाई तत्काल सच्याओस ।’

हिजो देखी प्रसाईले ‘ब्यवस्था बिरोधी’ आन्दोलनको सुरुवात गरेका छन । उनको कार्यक्रम आयोजित स्थल तीनकुनेमा प्रशासनले रोक लगाएपछि आज दिनभर प्रहरीले धरपकड गरेको छ।

तीनकुनेमा आज हुने भनिएको कार्यक्रममा सरकारले अबरोध गर्दै हालसम्म सो कार्यक्रममा सहभागी हुन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गसिकेको छ भने प्रसाई स्वयं भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *