जनताको सहभागिताबाट बनेको संविधानको विकल्प छैन : महामन्त्री शर्मा

डिसी नेपाल
८ मंसिर २०८० १७:५२
48
Shares

मोरङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको सहभागिताबाट बनेको संविधानको विकल्प नभएको बताएका छन् ।

शुक्रबार मोरङको कटहरीमा नेपाल डेमोक्रेटिक लयर्स एसोशिएसन डिएलएले आयोजना गरेको स्थानीय तहमा कानुनी तथा वित्तिय सुशासन सम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री शर्माले धेरै शासन व्यवस्था प्रणाली हेरेर अहिलेको संविधान जनताको बनाएकाले यसको विकल्प नभएको बताएका हुन् । परिवर्तित प्रणालीकै कारण अहिले लोकतन्त्रको विरोधमा पनि प्रदर्शन गर्न छुट भएको उनको भनाइ छ । उनले प्रणालीको विरोध भइरहदा राज्यले आफ्नो प्राथमिकतामा ध्यान दिनुपर्ने जिकिर गरे ।

कार्यक्रममा सहभागीहरुले कर्मचारीहरुको मिलोमतो नभई जनप्रतिनिधिहरुले भ्रष्टाचार गर्न नसक्ने भएकाले कानुनी तथा वित्तिय सुशासन बारे जानकारी राख्नुपर्ने धारणा राखेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *