एमालेले भूकम्प पीडितलाई बनाइदियो ८० अस्थायी घर

डिसी नेपाल
९ मंसिर २०८० १३:०३
48
Shares

काठमाडौं। नेकपा (एमाले)ले ८० वटा अस्थायी घर निमार्ण गरेर भूकम्प पीडितलाई हस्तान्तरण गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले जाजरकोट र रुकुम पश्चिममा १ हजार १ सय स्वयंसेवक खटिएका छन्।

‘१ हजार १ सयको संख्यामा जाजरकोटमा १२ र रुकुम पश्चिममा १३ गरी हाम्रा २५  स्वयंसेवक समूह भूकम्पपछि उद्दार र पुनः स्थापन कार्यमा खटिएका छन्।’, अध्यक्ष ओलीले भनेका छन, ‘अहिलेसम्म जाजरकोटमा १३२ र रुकुममा ३५ वटा गरी १६७ वटा भत्किएका घर पन्छाइ सामान उद्दार गरेको छ । एक विद्यालय सहित जाजरकोटमा २९ वटा र रुकुममा ५१ वटा गरी ८० वटा अस्थायी घरटहरा बनाई हस्तान्तरण गरेको छ।’

उनले अगाडि भने, ‘यो चिसोमा छाना बाहिर रहेकालाई छानामुनि ल्याउने काममा सक्रिय पार्टीका सबै साथीहरूलाई धन्यवाद ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *