इमरान खानको पार्टीलाई निर्वाचन आयोगको चेतावनी

डिसी नेपाल
९ मंसिर २०८० १४:५५
24
Shares

काठमाडौं । पाकिस्तानमा चुनावी गतिविधि तीब्र भएको छ । यसैबीच, निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीलाई २० दिनको समय दिएको छ ।

आयोगले पीटीआईलाई पार्टीको चुनाव चिन्ह क्रिकेट ब्याटको वैधता कायम राख्न तोकिएको समयभित्र पार्टीको आन्तरिक निर्वाचन गराउन भनेको छ ।

पाकिस्तानको निर्वाचन आयोगले पीटीआईले विधानअनुसार पारदर्शी निर्वाचन नगरेको बताएको छ । अगस्टमा आयोगले पीटीआईलाई चुनाव गराउन वा चुनाव चिन्ह अयोग्य ठहरिने अल्टिमेटम दिएको थियो।

पार्टीको विधान अन्तर्गत पीटीआइको आन्तरिक चुनाव जून १३, २०२१ बाट स्थगित हुँदै आएको छ। २०२२ जुन १० मा पार्टीभित्र निर्वाचन भएको थियो तर त्यसलाई निर्वाचन आयोगले अस्वीकार गरेको थियो ।

पीटीआई पार्टीका गौहर अली खानले पार्टीको चुनाव विधान संशोधन हुनुअघि नै हुनुपर्ने बताएका थिए । मुख्य निर्वाचन आयुक्तले भने ‘पीटीआइले जुन ८, २०२२ मा विधान संशोधन गर्‍यो र जुन १०, २०२२ मा पार्टी भित्र चुनाव गराएको थियो। तर, पार्टीको विधान संशोधन पछि फिर्ता लिइएको खानले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *