झापामा पूर्वराजाले गरे पृथ्वीनारायणको सालिक अनावरण

डिसी नेपाल
९ मंसिर २०८० २०:२४
124
Shares

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापा पुगेर पृथ्वीनारायण शाहको पूर्णकद्को सालिक अनावरण गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार दिउँसो विर्तामोड नगरपालिका–१ स्थित इकम कलेजको उद्घाटन तथा कलेज परिसरमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यक्रमको संयोजन गरेको थियो। कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पनि सहभागी थिए।

शुक्रबार अपराह्न झापा पुगेका पूर्व राजा शाह धुलाबारीस्थित मेची क्राउन होटेलमा बसेका थिए। उनको स्वागतमा राप्रपाका नेता तथा कार्यकर्ता र राजावादी समर्थकहरूले शक्ति प्रदर्शनसमेत गरेका थिए।

होटेलबाट निस्किए लगतै पूर्वराजा शाहको समर्थनमा ‘राजा आउँ देश बचाउ’, ‘गणतन्त्र चाहिँदैन’, ‘गणतन्त्र मुर्दावाद’, ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्किएको थियो।

कलेज परिसर पुग्नुअघि पूर्व राजा शाह करिब एक किलोमिटर सडकमा हिँडेर सर्वसाधारणसँग भेटघाट गर्दै गएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *