अमेरिकाबाट गोपालले ल्याए ‘तक्दिर’ ( भिडियो )
काठमाडौं। अमेरिकामा बस्नु हुने नेपाली कला,सहित्यप्रेमी गोपाल लोहारको शब्द रचनामा रहेको ‘तक्दिर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गायक स्वरूप राज आचार्यको सुमधुर स्वरमा सजिएको यस गीतमा पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल भट्टराई र भावाना रिजालको अभिनय रहेको छ। तिलक रिजालको छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोको निर्मात्री भीमा लोहार हुन्। ‘गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।
यसअघि गीतकार लोहारको शब्दमा ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, ‘जिन्दगी यस्तै हो’, ‘तिम्रै नाम होस्’, ‘मेरो कथाको’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका थुप्रै भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment