एमाले नेता योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरकाे ढुंगा प्रहार

डिसी नेपाल
१० मंसिर २०८० १८:४९
184
Shares

ताप्लेजुङ। नेकपा एमालेका नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुंगा प्रहार भएको छ। आज एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुंगा प्रहार भएको हो।

ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ढुंगा प्रहार पहिचान पक्षधरबाट भएको जनाइएको छ। प्रहरीले स्कटिङ गराएर लैजाँदै गर्दा केही पहिचान पक्षधर युवाले लुकेर ढुंगा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ। ढुंगा प्रहारबाट अन्य क्षति भएको छैन ।

यसअघि आजै बिहान पहिचान पक्षधरले पहिचानको विरोध गरेको आरोप लगाउँदै भट्टराई निवास अघि कालो झण्डासहित नाराबाजी गरेर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा एमालेका युवा नेता कार्यकर्ता र प्रर्दशनकारीबीचमा झडप भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *