रास्वपाको केन्द्रीय समिति बैठक आजबाट, पहिलो पटक काठमाडौं बाहिर
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ।
पहिलो पटक काठमाडौं उपत्यका बाहिर केन्द्रीय समिति र संसदीय समितिको बैठक गर्न लागेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गर्नेछ।
सो बैठक मंसिर ११ बाट सुरु भएर १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका छन्। आजदेखि सुरु हुने बैठकमा पार्टीको राजनीतिक प्रतिबेदन, आर्थिक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका एजेन्डा रहेका छन्।
सो बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवाश्यक निर्णय लिनेछ। उक्त बैठकमा जिल्लाका सभापतिहरुको पनि उपस्थिति रहने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment