संयुक्त राष्ट्रसंघमा इजरायल विरुद्ध नेपालको मतदान

डिसी नेपाल
१४ मंसिर २०८० १६:०२

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा इजरायल विरुद्ध प्रस्ताव पेश भएको छ । यो प्रस्तावमा इजरायलले सिरियाको गोलान हाइट्सबाट आफ्नो कब्जा फिर्ता लिनुपर्छ भनिएको छ। यो प्रस्तावलाई नेपालसहित ९१ देशले समर्थन गरेका छन् ।

यो प्रस्ताव संयुक्त राष्ट्र संघमा इजिप्टले पेस गरेको थियो जसको पक्षमा ९१ मत परेको थियो भने ८ देशले विपक्षमा मतदान गरेका थिए । त्यसैगरी ६२ देश मतदानमा अनुपस्थित रहे ।

संयुक्त राष्ट्र संघ र सुरक्षा परिषद्को प्रस्तावलाई ध्यानमा राख्दै इजरायलले सिरियाली गोलान हाइट्समाथिको आफ्नो कब्जा त्याग्नुपर्ने प्रस्तावमा उल्लेख छ । इजरायलले सन् १९६७ मा गोलान हाइट्स कब्जा गरेको थियो ।

यो प्रस्तावलाई समर्थन गर्ने देशमा नेपालबाहेक बंगलादेश, पाकिस्तान, भारत, चीन, लेबनान, इरान, इराक र इन्डोनेसिया पनि छन् । त्यसैगरी अष्ट्रेलिया, बेलायत, अमेरिका, पलाउ, माइक्रोनेसिया, इजरायल, क्यानडा र मार्शल टापुले यो प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

त्यसैगरी युक्रेन, फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम, जापान, केन्या, पोल्याण्ड, अस्ट्रिया र स्पेन जस्ता ६२ देशले यो प्रस्तावमा मतदान गर्नबाट पन्छिएका थिए । यस प्रस्तावमा नोभेम्बर २८ मा मतदान भएको थियो ।

गोलान हाइट्स पश्चिमी सिरियाको एउटा क्षेत्र हो, जुन ५ जुन १९६७ मा इजरायलले कब्जा गरेको थियो। इजरायलले सन् १९६७ मा ६ दिने युद्धमा सिरियाको गोलान हाइट्स कब्जा गरेको थियो ।

गोलान हाइट्स पश्चिमी सिरियामा अवस्थित एक पहाडी क्षेत्र हो। इजरायलले सन् १९६७ मा सिरियासँगको ६ दिने युद्धपछि गोलान हाइट्स कब्जा गरेको थियो । त्यतिबेला यस क्षेत्रमा बसोबास गर्ने अधिकांश सिरियाली अरबीहरूले आफ्नो घर छोडेका थिए।

सन् १९७३ को मध्यपूर्व युद्धमा सिरियाले गोलान हाइट्स पुनः कब्जा गर्ने प्रयास गरेको थियो। तर सफल हुन सकेन । सन् १९७४ मा दुवै देशले यस क्षेत्रमा युद्धविराम लागू गरेका थिए । सन् १९७४ देखि युद्धविराम लाइनमा संयुक्त राष्ट्रसंघका सेना तैनाथ छन् ।

सन् १९८१ मा इजरायलले गोलान हाइट्सलाई आफ्नो भूभागमा विलय गर्ने घोषणा गरेको थियो । तर इजरायलको यो कदमलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिइएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *