चीनमा रहस्यमय संक्रमण अनियन्त्रित, बिरामी बालबालिकाका लागि ‘होमवर्क जोन’ निर्माण

डिसी नेपाल
१४ मंसिर २०८० १६:५५

काठमाडौं । चीनमा फोक्सोको रहस्यमय रोग तीव्र गतिमा फैलिरहेको छ । जसको मुख्य शिकार बालबालिका बनिरहेका छन् । अहिलेको अवस्था कोरोना भाइरसको महामारी जस्तै छ । अस्पतालमा मानिसको भीड छ ।

बिरामी हुनेमा ठूलो संख्यामा बालबालिका रहेका छन् । यस्तो अवस्थामा उनीहरुको पढाइमा कुनै हानी नहोस् भन्नका लागि विशेष व्यवस्था गरिएको छ । उनीहरुका लागि ‘होमवर्क जोन’ बनाइएको छ । यो चीनको उत्तरी भागहरूमा अवस्थित अस्पतालहरूमा सुरु भएको छ। यस विषयमा सामाजिक सञ्जालमा निकै चर्चा चलिरहेको छ ।

सामाजिक सञ्जालमा धेरै भिडियो भाइरल भइरहेका छन् । यस पहलको विरोध गर्नेहरूले बिरामी हुँदा पनि बालबालिकालाई अतिरिक्त तनाव दिइएको बताउँछन् । अर्कोतर्फ, यसलाई समर्थन गर्नेहरूले यो अध्ययन गर्न चाहने बालबालिकाका लागि राम्रो पहल भएको बताउँछन्।

भाइरल तस्विर र भिडियोमा बालबालिकालाई स्लाइन चठाइरहेको देख्न सकिन्छ । उनीको हातमा क्यानला जोडिएको छ। यति हुँदाहुँदै पनि उनीहरू पढिरहेका छन् । अन्य क्षेत्रमा पनि यस्तो देखिएको छ । जसमा मध्य हुबेई प्रान्तका साथै पूर्वी जिआङ्सु र आन्हुइ प्रान्तहरू समावेश छन्।

होमवर्क जोनमा बालबालिकाका लागि टेबुल, कुर्सी, स्लाइन ड्रिपलगायतको पूर्ण व्यवस्था गरिएको छ । जसले गर्दा उपचारसँगै उनीहरुको पढाइ पनि जारी छ । बालबालिकालाई अभिभावकले पूर्ण सहयोग गरिरहेको रिपोर्टमा बताइएको छ ।

साउथ चाइना मर्निङ पोष्टसँग कुरा गर्दै एक अभिभावकले अस्पतालमा सकारात्मक अध्ययन वातावरण भएकोमा खुसी पनि व्यक्त गरे । उनले भने, ‘मेरो छोरालाई यहाँ गृहकार्य गर्न दिन मन लागेन । तर अस्पतालमा पढाइको वातावरण देख्दा मलाई एकदमै राम्रो लाग्यो। त्यसैले मैले मेरो बच्चालाई पनि गृहकार्य गर्न भनें।’

अर्का एक बालकका बुबाले आफ्नो बच्चा निको भएर विद्यालय फर्किदा पछि नपरुन् भनेर अस्पतालमै गृहकार्य पूरा गर्नुपर्ने बताए । तर, यो पहललाई सबैले समर्थन गरिरहेका छैनन् । चीनको सोशल मिडिया प्लेटफर्म डुइनका एक प्रयोगकर्ताले भने, ‘यी बालबालिका निस्सन्देह शारीरिक रूपमा बिरामी छन् तर मानसिक रूपमा धेरै बिरामी छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *