‘परेलीमा लुकाई राखन’मा दिपक र बबिशाको अन्स्क्रिन प्रेम (भिडियो)
काठमाडौं। गायक बुद्ध लामा र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ‘परेलीमा लुकाई राखन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा बिष्णुबाबु देवकोटाको शब्द रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको यस गीतको भिडियोमा दिपक परियार र बबिशा पाण्डे बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। संजय सेन्चुरीको छायाँकन,सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

मोमो सेन्ट्रलले निर्माण गरेको यस गीतको भिडियोलाई ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment