‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

डिसी नेपाल
१७ मंसिर २०८० ७:४१
28
Shares

काठमाडौं। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ।

मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो। फिल्मको छायांकन सकिएको अवसरमा निर्माण पक्षले केक काटेर खुशी साटेको थियो।

शनिबार बिहान २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरेका थिए। यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ।

फिल्मको छायांकन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित छन्। उनले, यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने बताएका छन्।

फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ। फिल्मको सह-निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन्। फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन्।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ। फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन्।

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन। यो फिल्मले पोखरा केन्द्रित कथा भन्छ। राम्रो टिम भएकाले राम्रोसँग छायांकन सकियो, अब फिल्मको पोष्ट प्रोडक्शनको काम सकाएपछि प्रदर्शन मिति तय गर्ने निर्देशक भट्टराईले बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *