समानन्तर सरकार गठन गर्दै वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने दुर्गा प्रसाईंको उद्घोष
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा समानन्तर सरकार गठन गर्ने उद्घोष गरेका छन्।
प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने घाेषणा गरेका हुन्। आइतबार प्रत्रकार सम्मेलन गर्दै उनले भने, ‘आम जनसमुदायका बीचमा जान र उनीहरुलाई परिचालन गर्न हामीले सुरु गरेको अभियानलाई विकेन्द्रीकृत गरी मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँ-गाउँ, वडा-वडादेखि सशक्त बनाई लैजाने निर्णय गरेका छौं।’
‘वैदिक सनातन सापेक्ष मुलुक बनाई देसमा शान्ति र अक्षूण राख्न राजसंस्थाको मुद्दालाई थप स्थापित गराउने छौं’, उनले भने, ‘फागुन १ गते मेचीमा बालेको दियो काठमाडौँको वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाई यो जनविद्रोह सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिनेछौं।’
गत मंसिर ७ गतेबाट सुरु गरिएको आन्दोलनको औचित्य पुष्टि भएको दाबी गर्दै उनले अब जनताका घर-घरमा पगेर आन्दोलन अझ सशक्त बनाउने बताए । वैदिक सनातन हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दालाई स्थापित गराउन थप आन्दोलन गर्ने उनले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment