फ्रान्सको राजधानीमा प्यालेस्टाइन समर्थकको आक्रमण

डिसी नेपाल
१७ मंसिर २०८० १६:०७

काठमाडौं । इजरायल–हमास युद्धको असर विश्वभर देखिएको छ । शनिबार राति पेरिसको एफिल टावर नजिकै एक प्यालेस्टिनी समर्थकले मानिसहरूमाथि छुरा प्रहार गरे । जसमा एक जर्मन पर्यटकको मृत्यु भएको छ ।

जबकि कैयौं घाइते भएको बताइएको छ । अमेरिकी अखबार न्युयोर्क टाइम्सका अनुसार आक्रमणकारी गाजासहित विश्वभर मुस्लिमहरूको मृत्युलाई लिएर आक्रोशित थिए।

उनको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ । एक ट्याक्सी चालकले भनेअनुसार जब अभियुक्तले मानिसहरूमाथि चक्कु प्रहार गरे, तब उनी अल्लाह हु अकबर भन्दै थिए।

मिडिया रिपोर्टका अनुसार आरोपीले सन् २०१६ मा आक्रमण गर्ने प्रयास गरेका थिए । उनी सन् २०२० मा रिहा भएका थिए । उनी आफ्ना आमाबुवासँग दक्षिण पेरिसमा बस्छन्।

यसैबीच इजरायली राष्ट्रपति बेन्जामिन नेतान्याहुले युद्ध समाप्त भएपछि गाजाको शासन प्यालेस्टिनी सरकारलाई नदिने बताएका छन् ।

प्यालेस्टाइन सरकारले इजरायलको अस्तित्वलाई अस्वीकार गरेको नेतान्याहुले बताएका छन् । उनले हमासलाई पूर्ण रूपमा ध्वस्त नहुँदासम्म युद्ध जारी राख्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *