इजरायल र हमासबीच युद्धविरामको सम्भावना समाप्त

डिसी नेपाल
१७ मंसिर २०८० १६:३३

काठमाडौं । दोस्रो पटक इजरायल र हमासबीचको युद्धविरामको विषय स्थगित भएको छ । शनिबार केही सञ्चारमाध्यमहरूले युद्धविराम फेरि चाँडै हुन सक्ने दाबी गरेका छन्।

तर, राति अबेरसम्म इजरायलले हमासले महिला र बालबालिकालाई रिहा गर्ने वाचा पूरा नगरेको स्पष्ट पारेको छ । त्यसैले कतारको राजधानी दोहाबाट वार्ता टोलीलाई इजरायल फिर्ता बोलाइएको छ ।

मोसाद प्रमुख डेभिड बर्नियाले भने- प्रधानमन्त्री नेतन्याहुले युद्धविराम वार्ता गर्न कतार गएको इजरायली टोलीलाई स्वदेश फर्कन आग्रह गरेका छन्।

पछिल्लो युद्धविरामको क्रममा हमासले १०५ बन्धकहरूलाई रिहा गरेको थियो। जसमध्ये ८१ इजरायली र २३ थाई बन्धक थिए। यसबाहेक फिलिपिन्सका एक नागरिकलाई पनि रिहा गरिएको छ ।

१३६ जना अझै पनि हमासको कब्जामा रहेको बताइएको छ । जसमा ११४ पुरुष, २० महिला र २ बालबालिका रहेका छन् ।

१० बन्धकहरूको उमेर ७५ वर्ष वा सोभन्दा बढी रहेको बताइएको छ । तीमध्ये ११ गैर-इजरायली हुन्। ८ थाई नागरिक पनि हमासको कब्जामा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *