नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेसनकाे मिति सारिने
काठमाडौं। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बस्दैछ। आलोकनगर काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सो बैठक बिहान ११ बजे बस्नेछ।
माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तर पार्टी निर्देशन र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो।
नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरे पनि अअध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेसनको मिति सार्ने प्रस्ताव गर्ने बुझिएको छ।
राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भएपछि माघ १४ गते हुने भनिएको महाधिवेसन सम्भवः नहुने भन्दै अध्यक्ष नेपालले त्यसको मिति सार्ने प्रस्ताव गर्ने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment