लेबनानबाट इजरायलमाथि फेरि आक्रमण सुरु
काठमाडौं । लेबनानबाट इजरायलमाथि फेरि आक्रमण सुरु भएको छ । शनिबार लेबनानबाट १६ रकेट र २ राउण्ड फायरिङ गरिएको थियो ।
त्यसपछि इजरायली रक्षा बल (आईडीएफ) ले लेबनानमा हवाई हमला गर्न थालेको थियो। यद्यपी दुबै तर्फबाट क्षतिको जानकारी आएको छैन ।
इजरायली सेनाले लेबनानका हिजबुल्लाह आतंककारीहरूले आफ्नो सैन्य अड्डाहरूलाई निशाना बनाउने प्रयास गरिरहेको बताएको छ।
यी आक्रमणका लागि इरानी हतियार प्रयोग गरिएको छ। यदि यो प्रवृत्ति तुरुन्तै रोकिएन भने, लेबनानमा ठूला आक्रमणहरू हुनेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment