आँचलको हिटम्यानको पोस्टर र टिजर रिलिज : अमेजन प्राइमले किन्यो फिल्म

डिसी नेपाल
१८ मंसिर २०८० १२:०४

काठमाडौं। नेपाली फिल्मलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म हिटम्यानको मोशन पोस्टर र टिजर रिलिज गरिएको छ। नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुवैमा खिचिएको छ।

आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने सिनेमाको अफिसियल प्रदर्शन मिति केही समयमा सर्वजनिक गरिने सिनेमाका निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए। सिनेमा नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने छ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ सिनेमाको टिजर सार्वजनिक गरिएको हो। टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन्।

टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन। पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन्। सिनेमाको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताए।

यो सिनेमामा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ। केही अभिनेत्रीहरुसँग आफूहरुले कुरा गरेपनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए। सिनेमाले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ।

आँचलले तेलुगू सिनेमा भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन्। तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन्। ९९ सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको सिनेमामा दिपक अधिकरी निर्माता र सन्नी लावती सहनिर्माताको रुपमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *