इजरायल र हमासबीचको युद्धविराम सम्झौता किन तोडियो ? अमेरिकाले दियो कारण
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले इजरायल र हमासबीच भएको एक साता लामो युद्धविराम सम्झौता हमासले महिला बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरेको कारण तोडिएको बताएको छ।
विदेश मन्त्रालयका अनुसार यी महिलाहरूले आफूमाथि भएको हिंसाबारे सार्वजनिक रूपमा केही भनुन् भन्ने हमास चाहँदैनथ्यो ।
मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई भने ‘हमासले महिला बन्धकहरूलाई बलात्कार गरेको रिपोर्टमा अमेरिकाले शंका गर्ने कुनै कारण छैन।’
हमासद्वारा इजरायली महिलाहरूको बलात्कार, अपहरण र दुर्व्यवहारमा संयुक्त राष्ट्रसंघको “निष्क्रियता” को आलोचना गर्न सयौं प्रदर्शनकारीहरू सोमबार न्यूयोर्कमा संयुक्त राष्ट्रको मुख्यालय बाहिर भेला भए।
एक कार्यकर्ताले भने ‘हमासले जानाजानी इजरायली महिलाहरू विरुद्ध यौन हिंसाको हतियार प्रयोग गरेको छ।’ हमासले यी आरोपहरूलाई अस्वीकार गर्दै पूर्ण रूपमा झुटो भएको बताएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment