आफैं भोट हाल्न नजाँदा एक उम्मेदवार १ भोटले हारे

डिसी नेपाल
१९ मंसिर २०८० १४:४०

काठमाडौं । अमेरिकामा एकजना उम्मेदवार आफैं भोट हाल्न नजाँदा १ भोटले चुनाब हारेका छन् । वासिङ्टनको रेनियर सिटी काउन्सिलका लागि उम्मेदवारी दिने व्यक्ति यसरी आफ्नै कारणले हारेका हुन् ।

यो मतदान नोभेम्बर ७ मा भएको थियो र परिणाम स्वरूप डेमियन ग्रीन एक मतले चुनाव हारे । केवल एक भोटले चुनाव हारेका ग्रीनलाई यो कुराले अझ बढी चोट पुर्‍याएको हुन सक्छ किनभने उनी आफैं भोट दिन गएका थिएनन्।

उनको स्थानमा रायन रोथले यो चुनाव जितेका छन् । ग्रीनलाई भोट हाल्न नजानुको कारण सोध्दा उनले भने–मलाई लाज लाग्यो । एक मतले विजयी भएका रोथले आफू पनि भोट हाल्न जान नचाहेको तर आफ्नी श्रीमतीले जबरजस्ती गरेकोले भोट हाल्न गएको बताए ।

ग्रीनले भने रोथलाई उनको नयाँ स्थानको लागि शुभकामना दिएका छन्। उनले भने– म कत्ति पनि निराश छैन । म जस्तै, रोथ पनि समुदायको लागि भलो चाहन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *