हामीले जनतालाई चोट पुर्याउन चाहेको भए यो युद्ध एक दिनमा जित्न सक्थ्यौं: नफ्ताली बेनेट

डिसी नेपाल
२० मंसिर २०८० १४:४०
2.0k
Shares

काठमाडौं । अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायले इजरायललाई आम जनताको जीवन र सम्पत्तिमा क्षति हुन नदिन थप कदम चाल्न निरन्तर अपिल गरिरहेका छन् ।

अक्टोबर ७ पछि सुरु भएको द्वन्द्वमा गाजामा कम्तीमा १६,२४८ जनाको मृत्यु भएको हमासका अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा तीन चौथाइ महिला र बालबालिका थिए।

इजरायलको युद्ध नीतिको बचाउ गर्दै पूर्व प्रधानमन्त्री नफ्ताली बेनेटले बीबीसीलाई इजरायलले गाजामा संयमता देखाएको बताएका छन्।

उनले भने, “यदि हामीले आम जनतालाई चोट पुर्याउन चाहेको भए, अक्टोबर ८ मा एकै दिनमा यो सम्पूर्ण युद्ध जित्न सक्थ्यौं। हामीले गाजामा अन्धाधुन्ध बमबारी गर्न सक्थ्यौं। यो हाम्रो लागि संसारको सबैभन्दा सजिलो कुरा हुन्थ्यो। तर हामीले त्यसो गरिरहेका छैनौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *