इजरायल–हमास युद्धबारे चीन र अमेरिकाका विदेशमन्त्रीबीच फोनमा के कुराकानी भयो ?

डिसी नेपाल
२१ मंसिर २०८० १२:५९
72
Shares

काठमाडौं । चीन र अमेरिकाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायल-हमास युद्धको परिप्रेक्ष्यमा यी वार्ताहरू गरेका थिए र युद्ध रोक्नुपर्ने आवश्यकतामा सहमत भएका थिए।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, “दुई नेताबीचको कुराकानीमा ब्लिन्केनले ‘द्वन्द्व फैलिन नदिन सबै पक्षले काम गर्नुपर्ने’ आवश्यकता दोहोर्‍याए।”

चीनले भन्यो ‘विदेश मन्त्री वाङ यीले इजरायल र हमास बीच चलिरहेको द्वन्द्वमा “पहिलो प्राथमिकता गोलीबारी रोक्नु र सकेसम्म चाँडो युद्ध समाप्त गर्नु भएको” मा जोड दिए।’

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार वाङ यीले यो युद्ध अन्त्यका लागि सबै पक्षसँग मिलेर काम गर्न चीन इच्छुक रहेको बताएका छन्। उनले दुई राज्यको विवाद समाधानमा पनि जोड दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *