इजरायलले संयुक्त राष्ट्र महासचिवको अपीललाई ‘नैतिक पतनको नयाँ स्तर’ भन्यो

डिसी नेपाल
२१ मंसिर २०८० १३:४२
132
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डनले संयुक्त राष्ट्र संघका महासचिवले गरेको युद्धविराम अपीलप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायललाई मानवीय आधारमा युद्धविराम गर्न अपिल गरेका थिए । यसप्रति इजरायलले असन्तुष्टि जनाउँदै उनको राजीनामा मागेको छ ।

उनले भने, ‘आज महासचिव नैतिक पतनको नयाँ उचाइमा पुगेका छन् ।’ गिलाड एर्डनले युद्धविरामको अपील वास्तवमा गाजामा हमासको आतंक कायम राख्नको लागि अपील भएको बताए।

उनले भने, “संयुक्त राष्ट्र महासचिवको मनोवृत्ति गाजामा युद्धलाई लम्ब्याउने मात्र हो किनभने यसले हमासका आतंककारीहरूलाई युद्ध रोकिनेछ र उनीहरू भाग्न सक्षम हुनेछन् भन्ने आशा दिन्छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *