अमेरिकाले भिटो प्रयोग गरेर गाजामा तत्काल युद्धविराम हुन दिएन

डिसी नेपाल
२३ मंसिर २०८० १६:१०
628
Shares

काठमाडौं । गाजामा तत्काल युद्धविरामको प्रस्तावलाई अमेरिकाले भिटो गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यहरूमध्ये अमेरिका यस प्रस्तावको विपक्षमा मतदान गर्ने एक मात्र राष्ट्र हो। बेलायत मतदानमा अनुपस्थित रह्यो। फ्रान्सले यो प्रस्तावको पक्षमा मतदान गरेको थियो ।

अमेरिकाको भिटोका कारण यो प्रस्ताव असफल भएको छ ।

अमेरिकाले यस प्रस्तावको पछाडीको प्रक्रियालाई ‘हतारको’ भन्दै यसका लागि ‘उचित सल्लाह’ नलिइएको बताएको छ ।

अमेरिकाका अनुसार यो प्रस्तावले अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको निन्दा गरेको छैन ।

यसका प्रतिनिधिले सुरक्षा परिषद्लाई भने, “अक्टोबर ७ मा हमासले गरेको काम कुनै पनि देशले सहन सक्दैन वा सहन हुँदैन।”

अमेरिकाले यो प्रस्तावको सबैभन्दा अवास्तविक पक्ष ‘बिनशर्त युद्धविराम’को अपील रहेको पनि बताएको छ ।

अमेरिकाका अनुसार, “यसो गरेर, हमास फेरि आफ्नो ठाउँमा खडा हुनेछ र उसले अक्टोबर ७ मा गरेको काम दोहोर्याउन सक्षम हुनेछ।”

अमेरिकी प्रतिनिधिले भने, “दुर्भाग्यवश हाम्रा प्राय सबै सिफारिसहरूलाई बेवास्ता गरियो। यो हतारले असन्तुलित समाधान निकालेको छ, जुन वास्तविकताबाट अलग छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *