गाजा युद्ध: इजरायली सेनाले दुई महिनामा सबैभन्दा कठिन परिस्थितिको सामना गर्दै

डिसी नेपाल
२३ मंसिर २०८० १६:३८
2.2k
Shares

काठमाडौं । इजरायलको सेनाले गाजामा दुई महिनाअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा कठिन लडाइको सामना गरिरहेको जनाएको छ।

एउटा घटनालाई उद्धृत गर्दै इजरायली सेनाले हमासबाट बन्धक मुक्त गराउने क्रममा आफ्ना दुई सैनिक गम्भीर घाइते भएको बताएको छ।

सेनाका प्रवक्ता ड्यानियल हगारीले घटनामा धेरै हमास चरमपन्थी मारिएको तर सेनाले कसैलाई पनि बन्धक मुक्त गर्न नसकेको दाबी गरे।

यसअघि हमासले एउटा भिडियो सार्वजनिक गर्दै इजरायलको प्रयास असफल भएको दाबी गरेको थियो ।

झडपपछिको रक्तपातपूर्ण वातावरण यो भिडियोमा देखिन्छ ।

रिपोर्टका अनुसार दक्षिणी गाजाको खान युनुस क्षेत्रमा सबैभन्दा भीषण लडाई चलिरहेको छ ।

हमासले धेरै इजरायली ट्याङ्कहरू ध्वस्त पारेको दाबी गर्दै एउटा भिडियो पनि जारी गरेको छ। यद्यपि, यो स्वतन्त्र रूपमा पुष्टि गर्न सकिँदैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *