सुरजको निर्देशनमा रहेको ‘के भयो तिमीलाई’ मा बिनोद र समी

डिसी नेपाल
२४ मंसिर २०८० १३:५४
20
Shares

काठमाडौं। गायक जितेन लेप्चाको नयाँ सांगीतिक कोसेली ‘के भयो तिमीलाई’ सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको गीतमा शब्द, संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ। यस गीतलाई श्याम महर्जनले संगीत संयोजन गरेका हुन्। युरोपको अति रमणिय ठाऊ बार्सेलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन भएको हो।

म्युजिक भिडियोमा बिनोद गुरुङ र समी गुरुङको अभिनय रहेको छ। गीतको भिडियोलाई सुरज मैनाली 1 MB को छायाँकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। यसअघि यो गीत फिमेल भर्सनमा सिजाशु श्रेष्ठको स्वरमा समेत सार्वजनिक भैसकेको छ। गायक लेप्चा एक समयका चर्चित गायक हुन्। उनको स्वरमा रहेको ‘तिमीले साथ’ बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ।

यसअघि गीतकार श्रेष्ठको शब्द संगीतमा रहेको ‘तिमीले साथ’, ‘आँखा वरिपरी’, ‘निष्ठुरी’, ‘के भयो तिमीलाई’, ‘तिमी पनि एक्लै’ लगायात थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। नयाँ म्युजिक भिडियो गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्सन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *