५० वर्षपछि रिमेक गरियो सदाबहार गीत ‘म त खाँदिन कुवाको पानी’ (भिडियो)

डिसी नेपाल
२४ मंसिर २०८० १५:३७
384
Shares

काठमाडौं। वरिष्ठ लोकगायिका तीर्थ कुमारी थापाद्वारा स्वरबद्ध सदाबहार नेपाली लोकगीत ‘म त खाँदिन कुवाको पानी’लाई अब रिमेकमा पनि सुन्न पाइने भएको छ ।

वरिष्ठ लोक संकलक बरुण जंग राणाद्वारा संकलित कालजयी गीत करीब ५० वर्ष अघि रेडियो नेपालमा रेकर्ड भएर नेपाली श्रोताहरु माझ प्रसिद्दि, लोकप्रियता र ख्याति कमाउन सफल भएको थियो र हालसम्म पनि असंख्य नेपाली श्रोताहरु तथा विदेशी संगीतप्रेमी श्रोताहरु माझ यो गीत उत्तिकै लोकप्रिय र सदाबहार छ।

यसै सदाबहार गीतलाई उनै गायिका तीर्थ कुमारी थापाको स्वर तथा संगीतकर्मी सुरज कुमार थापाको पुनः संगीत संयोजनमा पुरानै गीत, संगीत, शब्द र भावलाई उही रुपमा राखेर केही थप वाध्ययन्त्रहरुको नयाँ संयोजनमा यो नयाँ रिमेक भर्सनमा गीत रेकर्ड गरेर रेडियो नेपालको स्टुडियोमा पुरानै ढाँचाले श्रव्य दृश्यको छायाँकन गरेर नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गायिका तीर्थ कुमारी थापाको छोरा गायक तथा संगीतकार सुरज कुमार थापाको नाम रहेको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको यस रिमेक गीतको म्युजिक भिडियो ‘कार्या प्रोडक्सन’ टीमको तर्फबाट निश्चल श्रेष्ठको छायाँकन, महेश्वर श्रेष्ठको फोटोग्राफी निर्देशन, बिकास खड्गीको रंग समिश्रण, निरु बस्नेतको श्रंगार तथा बिजु कर्माचार्यको सम्पादन र निर्देशन रहेको छ।

तुलसी भक्त कन्सट्रक्सन प्रा. लि. ले निर्माण गरेको म्युजिक भिडियो निर्माणमा, ५० वर्ष पुरानो सदाबहार लोक गीतलाई पुनः नयाँ तथा पुराना वाध्य यन्त्रहरु र नयाँ संगीत-संयोजन, नयाँ प्रविधयुक्त श्रव्य दृश्य सामग्री र नयाँ स्वरमा प्रस्तुत गरिएको यस सदाबहार र कालजयी लोक गीतले नयाँ स्वरुपमा पनि आफ्नो पुरानो मौलिकता, गुणस्तर र स्तरीयतालाई कायम राख् निर्माण पक्षले रुपमा प्रयास गरेको देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *