प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा
काठमाडौं। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा मन्त्रिपरिषद्को निर्णयबाट गत वर्ष माघ ९ गते नियुक्त भएका थिए। उनले मंसिर २० गते पदबाट राजीनामा दिएपनि स्वीकृत नभएको बालुवाटार स्रोतले जनाएको छ ।
गत निर्वाचनमा सिन्धुली २ मा माओवादी केन्द्रबाट उम्मेदवारको आकांक्षी रहेका गजुेरेलले टिकट नपाएपछि पार्टी नेतृत्वसँग रुष्ट बनेका थिए । उनको असन्तुष्टिलाई साम्य गर्न प्रधानमन्त्री रहेका अध्यक्ष दाहालले आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।
उनले विविध कारणले पदबाट राजीनामा दिएको स्वीकार गरेका छन्। गजुरेलले राजीनामा दिुनुको कारणबारे नखुलाए पनि भूमिकाविहीन बनाइएपछि राजीनामा दिन बाध्य भएको बताइएको छ।
यो पनि पढ्नुस्
No ads found for this position

डिसी नेपाल
Facebook Comment