संघीय संसद्का महासचिव गौतमको राजीनामा स्वीकृत

डिसी नेपाल
२७ मंसिर २०८० १४:०९

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका हुन्। गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

२२ वैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो।

गौतमले राजीनामा दिएकै दिन सभामुख र अध्यक्षले प्रतिनिध सभाका सचिव डा पद्यप्रसाद पाण्डेलाई महासचिवमा नियुक्त गर्न सिफारिस गरेका छन्। तर, उनको नियुक्ति भने हालसम्म भएको छैन। आजबाट उनै पाण्डेले कार्यवाहक महासचिवको जिम्मेवारी पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *