प्रेमीसँग बिहे गर्न मुस्लिम बनिन् महिला ! सम्बन्ध टुटेपछि ‘घर फर्कन’ अदालत धाउँदै
काठमाडौं । मलेसियाको जर्ज टाउनको उच्च अदालतले सबहान समुदायकी एक मलेसियाली महिलालाई उनको इस्लाम धर्म परिवर्तनको वैधतालाई चुनौती दिन अनुमति दिएको छ। ती महिलाले १७ वर्षको उमेरमा इस्लाम धर्म ग्रहण गरेकी थिइन् तर अहिले उनी बालिग भइसकेकी छन् र इस्लाम छोड्न चाहन्छिन् ।
एक २१ वर्षीया युवतीले १७ वर्षको उमेरमा आफ्नो प्रेमीसँग विवाह गर्न इस्लाम धर्म अपनाएकी थिइन् तर केही महिनामै उनीहरुको सम्बन्ध टुट्यो र अहिले युवती इस्लाम छाड्न चाहन्छिन् ।
ती महिलाले ११ जुन, २०२० मा जारी गरेको उनको धर्म परिवर्तन पत्रलाई अदालतले अवैध घोषित गर्न र पेनाङ इस्लामिक धार्मिक परिषदले जारी गरेको इस्लामिक पत्र रद्द गर्न माग गरेकी छिन।
सोमबारको अनलाइन सुनुवाईमा, उच्च अदालतका न्यायाधीश क्वे चेउ सूनले महिलालाई राज्यको मुस्लिम धर्मान्तरणको रजिष्ट्रारसमक्ष न्यायिक समीक्षा फाइल गर्न अनुमति दिए। महिलालाई निवेदन दर्ता गर्न पनि अनुमति दिइएको छ ।
न्यायिक समीक्षा दायर गर्न तीन महिनाको म्याद नाघेको भन्दै न्यायाधीशले पनि म्याद थप गरेका हुन् । न्यायाधीश समक्ष वरिष्ठ सरकारी वकिलले इस्लाम धर्म त्यागको निवेदन खारेज भएको यसअघिको मुद्दालाई उल्लेख गरेर यस मुद्दामा पनि त्यस्तै हुनुपर्छ भन्ने माग गरेका थिए । तर न्यायमूर्ति क्वाहले अघिल्लो मुद्दा आस्था त्यागको र यो विषय धर्म परिवर्तनसँग सम्बन्धित रहेको बताए ।
उनले अटर्नी-जनरल चेम्बर्सको आपत्तिलाई पनि अस्वीकार गरे, जसले यो शरिया अदालतको मुद्दा हो भनी दाबी गर्यो। मुद्दाको सुनुवाइका लागि जनवरी २६ को मिति तोकिएको छ ।
यस वर्षको नोभेम्बरको सुरुमा मलेसियाको एक अदालतले इस्लाम धर्म छोड्ने निवेदन खारेज गरेको थियो । कुआन्तान सहरको उच्च अदालतले ओराङ अस्ली जनजाति समुदायकी एक महिलालाई आफ्नो आदिवासी रीतिरिवाज अनुसार बस्न निषेध गर्दै इस्लाम धर्म मान्न आदेश दिएको थियो ।
ती महिलाले आफू जनजाति समुदायको भएको र आमाले दुई वर्षको उमेरमा इस्लाम धर्म परिवर्तन गरेको बताइन् । ती महिलाले इस्लाम धर्म ग्रहण गर्नका लागि कलमा पनि नपढेको भन्दै इस्लाम छाड्न दिनु पर्ने बताएकी थिइन् । तर अदालतले उनको निवेदन खारेज गर्दै यो विषय शरिया अदालतको भएको र आफ्नो क्षेत्राधिकारभित्र नरहेको बताएको थियो ।







डिसी नेपाल







Facebook Comment