महेन्द्र सिंह धोनीको सम्मानमा उनको ७ नम्बर जर्सी रिटायर
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पूर्व कप्तान महेन्द्र सिंह धोनीको जर्सी नम्बर ‘७’ सन्यासको घोषणा गरेको छ । यसको अर्थ अब भारतको राष्ट्रिय क्रिकेट टोलीमा अरू कसैले पनि यो जर्सी नम्बर प्रयोग गर्ने छैन ।
बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले यसलाई धोनीको सम्मान गरिएको निर्णय भनेका छन् ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने, “बीसीसीआईको यो निर्णय धोनीप्रति सम्मान देखाउनु जस्तै हो। भारतीय क्रिकेटमा उनको योगदानलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।”
धोनीले क्रिकेटरको रूपमा आफ्नो लामो करियरमा सात नम्बर जर्सी लगाएका छन्।
यस पक्षमा टिप्पणी गर्दै उनी भन्छन्, “सात नम्बरको जर्सी ऐतिहासिक रूपमा उनीसँग जोडिएको थियो। त्यसैले अब यो एक धेरै राम्रो निर्णय हो ताकि यो अरू कसैले प्रयोग गरेर ब्रान्ड कलंकित नहोस् । यसलाई सराहना गर्नुपर्छ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment