गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढ्यो, इजरायलले भन्यो– युद्ध जारी रहनेछ

डिसी नेपाल
२ पुष २०८० १२:४१
152
Shares

काठमाडौं । फ्रान्सले पनि इजरायल-गाजा युद्धमा तत्काल र स्थायी युद्धविरामको माग गरेको छ। फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाडेले गाजाको अवस्थालाई लिएर फ्रान्स ‘चिन्तित’ रहेको बताएकी छिन् ।

समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै क्याथरिन कोलेनाले भनिन्, ‘गाजामा ठूलो संख्यामा सर्वसाधारण मारिएका छन्।’

पेरिसमा इजरायलका विदेशमन्त्री एली कोहोनसँग भेट गरेपछि क्याथरिनले सञ्चारमाध्यमसँग यस्तो बताएकी हुन् ।

उनले अक्टोबर ७ मा हमासको आक्रमणमा मारिएका इजरायली जनतालाई पनि बिर्सन नहुनेमा जोड दिइन् ।

जर्मनी र बेलायतले पनि गाजामा स्थायी युद्धविरामको माग गरेका छन् ।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुन र जर्मन विदेशमन्त्री एनालेना बेरबुचले गाजामा तत्काल र स्थायी युद्धविरामको माग गरेका छन् ।

उनीहरूले भनेका छन्, ‘लडाइँको अन्त्य स्थायी साबित भयो भने लडाइँ बन्द गर्नुपर्छ ।’

दुवै विदेशमन्त्रीले संयुक्त रूपमा बेलायती पत्रिका सन्डे टाइम्समा लेख लेखेका छन् ।

उनीहरूले भने, ‘हाम्रो उद्देश्य आजको लडाइँ रोक्ने मात्र हुनु हुँदैन । यो दिनहरू, वर्षहरू र पुस्ताहरूका लागि दिगो शान्ति प्राप्त गरेर हासिल गर्नुपर्दछ। ”

मङ्गलबार गाजामा तत्काल मानवीय युद्धविराम लागू गर्न संयुक्त राष्ट्रसंघमा प्रस्ताव ल्याइयो। यस विषयमा भएको मतदानमा जर्मनी र बेलायत अनुपस्थित थिए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धकहरुको रिहाईका लागि सैन्य दबाब कायम राख्न आवश्यक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय दबाबका बाबजुद नेतान्याहुले पूर्ण विजय हासिल नभएसम्म युद्ध जारी रहने बताएका छन् ।

नेतान्याहुले बन्धकहरूलाई फिर्ता ल्याउन सेनाको दबाब कायम राख्ने रणनीति प्रभावकारी सावित भएको र हालसम्म करिब एक सय बन्धकलाई रिहा गरिएको बताएका छन् ।

यसैबीच गाजाको जबलिया शिविरमा भएको बम आक्रमणमा ३५ प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी समाचार सेवा वाफाले यो जानकारी दिएको हो । इजरायली सेनाले शनिबार जबलिया शिविरमा हवाई बमबारी भएको पुष्टि गरेको थियो।

इजरायली सेनाले भवनको छतमा हमास लडाकुहरू देखेपछि बमहरू भवनमा खसालेको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *