प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्छौँ : विश्वप्रकाश शर्मा

डिसी नेपाल
७ पुष २०८० १६:५१
16
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वदायी भूमिकामा मुलुकमा समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको भन्दै परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले पार्टीभित्र पूर्ण रुपमा मेलमिलाप हुन नसकेको भन्दै जित र हारलाई स्वाभाविक रुपमा लिदै पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए । अहिलको निर्वाचन प्रणालीमा कसैको पनि बहुमत नआएपनि जनताले कांग्रेसलाई पहिलो पार्टी बनाएको भन्दै सभापति देउवाले यसमा नेता तथा कार्यकर्ताको पनि ठूलो योगदान रहेको जिकिर गरे ।

त्यस्तै कांंग्रेस उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङले प्रदेशलाई अधिकारसम्पन्न बनाउन संघीय सरकारले छिट्टै आवश्यक कानून ल्याउने जानकारी दिए । निजामति ऐन, प्रहरी ऐन र शिक्षा ऐन ल्याउने तयारी भइरहेको भन्दै उनले तत्काल संसदको अधिवेशन बस्न नसके अध्यादेशमार्फत भएपनि आवश्यक कानून ल्याउने जानकारी दिए ।

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै प्रदेशका सम्मेलनमा कानून अभावको गुनासो सुनिएको भन्दै कांग्रेस महासमिति बैठकसम्म पनि प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्ने चेतावनी दिए । उनले प्रदेशलाई बलियो बनाएमात्रै संघीयता बलियो हुने धारणा राखे ।

त्यस्तै कांग्रेस प्रदेश सभापतिहरुले पार्टीको भावनालाई समेट्दै पार्टी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *